• शनिबार, १५ बैशाख, २०८१
  • १८:३४:३९
  • नेपालीको अभिमत

कारोबार

ग्लोबल आइएमई बैंकले १४ हजारलाई जोड्यो वित्तिय साक्षरतामा 

नेपालमत

शुक्रबार, ९ चैत, २०८०

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना एक सय ११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तिय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी यस्तो कार्यक्रम गरिएको उसले जनाएको छ ।

बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको जनाएको छ । 

ग्लोबल आइएमई बैंकले आफ्ना ३ सय ५४ वटै शाखाहरुमार्फत् वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको जनाएको छ । 

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तिय ठगी र वित्तिय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved