• शनिबार, १५ बैशाख, २०८१
  • ११:२७:१९
  • नेपालीको अभिमत

मनोरञ्जन / सिनेमा

प्रवासमा ४० देशमा रिलिज हुँदै ‘महाजात्रा’

नेपालमत

शुक्रबार, २ चैत, २०८०

काठमाडौं - नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ ।

षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपालझैँ विदेशमा पनि दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै यो नेपालसँगै प्रवासमा रहेका नेपालीको लागि ४० देशको २५० बढी सहरमा प्रदर्शन हुँदैछ । यो अहिलेसम्मकै ठूलो रिलिज हो । 

विदेशमा प्रदर्शनका लागि वितरण गरिरहेको एमएसएम इन्टरटेन्मेन्टस् र यसका साझेदार कम्पनीले यसलाई रिलिज गर्दैछन् ।

उक्त कम्पनीका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछन् ।

यसका साथै, बेलायतमा रेगुलर वक्सअफिसमा प्रदर्शन हुने ‘महाजात्रा’ साउदी अरेबियामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्दैछ ।

निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यवसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, प्रकाश घिमिरे, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य, दिव्य देव, गौमाया गुरुङ थपिएका छन् ।

यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य

    काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...

  • नेपालमत

    चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

    काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।  निर्देशक...

  • नेपालमत

    अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

    बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...

  • नेपालमत

    ‘महाजात्रा’लाई देशभर उच्च शो

    काठमाडौँ  -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

  • नेपालमत

    ‘भागु’ राष्ट्रिय बाल नाटक मेलामा सर्वोत्कृष्ट घोषित

    काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved