• मंगलबार, २५ बैशाख, २०८१
  • २०:२८:११
  • नेपालीको अभिमत

मनोरञ्जन / संगीत

गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा 'सुन ठिटा हो' बोलको नयाँ गीत आयो

नेपालमत

आइतबार, ८ पौष, २०८०

काठमाडौं - गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

आइतवार सुन्दर हमाल युट्युब च्यानल मार्फत् 'सुन ठिटा हो' बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ ।

'ठुली परि भिर' गीतको लोकप्रियता सँगै चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विकले संगीत संयोजन गरेका छन् ।

सुनिल भण्डारीले छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन तथा सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका छन् । 

https://www.youtube.com/watch?v=oY7-7ZpTnHQ  

 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved