काठमाडौं- पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार ६९ जिल्लाबाट चार हजार २८९जनामा डेंगु पुष्टि भएको छ ।
यसै गरी हालसम्म सुनसरी जिल्लाबाट तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको मरासिनीले जानकारी दिनुभयो । डा। मरासिनीका अनुसार डेंगु पुष्टि कोशी प्रदेशमा सबैभन्दा बढी छ ।
सोही प्रदेशमा दुई हजार ७५४ जनामा डेंगु पुष्टि भएको छ । त्यसै गरी, बाग्मती प्रदेशमा ६६७ जना, सुदूरपश्चिम प्रदेशमा ३१६, गण्डकी प्रदेशमा ३४४, लुम्बिनी प्रदेशमा १६६, कर्णाली प्रदेशमा २० र मधेस प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमित मध्ये ८८ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लाबाट तीन हजार ६७१ जनामा डेङगु पुष्टि भएको छ ।
जिल्लाअनुसार सुनसरी दुई हजार ५४२, धादिर्ङमा ४०१, दार्चुला १९०, कास्की २०५, सङ्खुवासभा ६४, काठमाडौँ ८०, कञ्चनपुरबाट ५२,रुपन्देहीमा ४५,म्याग्दीबाट ५४ मोरङबाट ३८ जनामा डेंगु पुष्टि भएको छ ।
डा। मरासिनीका अनुसार चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् । चिकित्सकका अनुसार डेंगु सङक्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण फैलन नदिन हरेक शुक्रवार बिहान साढे १० बजे सबे कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हालभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
डा। मरासिनीका अनुसार चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् । चिकित्सकका अनुसार डेंगु सङक्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने छ ।
डा। मरासिनीका अनुसार सधैँ झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउने , घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने । घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने, घर वरिपरि गमला, टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिने लामखुट्टेको टोकाइबाट बच्ने उत्तम उपाय हो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण पेटसम्बन्धी समस्या सामान्य बन्दै गएको छ । त्यसमध्ये पनि पेट सफा नहुँदा मानिसहरु समस्यामा परेका छन्...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने प्रतिबद्दता जनाएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहद्वारा आज काठमाडौँमा आयोजित...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप...
काठमाडौँ - सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले खोप लगाएका छन् । गत माघ...
काठमाडौं - स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा...