लगातारको वर्षाका कारण भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको त्यहाँका स्थानीय सरकारहरूले बिहीबार घोषणा गरेका छन् ।
दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य हिमाचल प्रदेशका केही भाग र दक्षिणपश्चिम राज्य महाराष्ट्रका धेरै जिल्लाहरूमा विगत २४ घण्टादेखि भारी वर्षा भइरहेको छ र आगामी केही दिनसम्म पनि भारी देखि अति भारी वर्षा जारी रहने अनुमान गरिएको छ ।
तेलङ्गाना सरकारले भारी वर्षाका कारण राज्यका सबै शैक्षिक संस्थाहरूमा बिहीबारदेखि दुई दिनका लागि बिदा दिने निर्णय गरेको राज्यका शिक्षामन्त्री सबिता रेड्डीले ट्वीट गर्नुभएको छ ।
तेलङ्गनाको राजधानी हैदरावादमा बिहीबार बिहान पानी जमेका कारण लामो ट्राफिक जाम भएको बताइएको छ ।
यस्तै, लगातारको वर्षाका कारण आएको बाढी र पहिरोको जोखिमका कारण हिमाञ्चल प्रदेशका केही भागमा जुलाई २० देखि २२ सम्म सबै विद्यालय र शैक्षिक संस्थाहरू बन्द गरिएको छ ।
विगत केही दिनदेखि आएको भीषण बाढीलाई ध्यानमा राख्दै महाराष्ट्र राज्यका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरेको हो । विशेष गरी राइगढ जिल्ला, आर्थिक राजधानी मुम्बईका केही भाग र यसको आसपासका क्षेत्रहरूमा विगत केही दिनदेखि नै शैक्षिक संस्था बन्द गरिएका छन् ।
राइगढमा पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै कैयौँ मानिस अझै फसेको आशङ्का गरिएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ। कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ। यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि...
अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ । तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई...
भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने...
ताप्लेजुङ - पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना...
अमेरिकासँग बदला लिन चीनले अमेरिकामा दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएपछि चीनले यो जवाफी कदम चालेको हो । तर,...