भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संशोधित सङ्ख्या २७५ रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुगेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “मृत्यु हुनेको सङ्ख्या २८८ भनी यस पहिले अपुष्ट रूपमा सञ्चारमाध्यमबाट आएको तर आइतबार संशोधित सङ्ख्या २७५ जना भएको पुष्टि भएको छ ।”
जिल्ला प्रशासकद्वारा रेल दुर्घटनामा ज्यान गुमाएका केही व्यक्तिको दुई पटक गणना गरिएको पाइएको छ । अन्तिम गणनाबाट मृत्यु हुनेहरूको सङ्ख्या संशोधन गरी २७५ भएको पुष्टि गरिएको छ ।
ओडिसाका मुख्य सचिव प्रदीप जेनाले २७५ मध्ये ८८ जनाको मात्र पहिचान भएको बताउनुभयो ।
अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७५ घाइतेमध्ये करिब ८०० जना उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
भारतका सङ्घीय रेलमन्त्री अश्विनी वैष्णवले रेल दुर्घटनाको कारण ‘पोइन्ट मेशिन’ र विद्युतीय ‘इन्टरलकिङ’ प्रणालीमा गरिएको परिवर्तन भएको बताउनुभएको छ ।
वैष्णवले भन्नुभयो, “दुर्घटनाको लागि जिम्मेवार व्यक्तिहरूको पहिचान गरिएको छ र रेलवे लाइनलाई पुन ः स्थापित गर्ने प्रयासहरू अहिले जारी छन् ।
दुर्घटनास्थलमा आइतबार साँझसम्ममा कम्तीमा दुई वटा रेललाइन सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ। कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ। यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि...
अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ । तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई...
भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने...
ताप्लेजुङ - पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना...
अमेरिकासँग बदला लिन चीनले अमेरिकामा दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएपछि चीनले यो जवाफी कदम चालेको हो । तर,...