इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस प्रणालीको आधारमा पाँच विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो ।
चेन्नईको यो पाँचौं आइपिएल उपाधि हो । जितको लागि एक सय ७१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा दुई सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याउने क्रममा पहिलो ओभरमा वर्षा सुरु भएपछि खेलल लामो समय खेल रोकिएको थियो ।
चेन्नईका डेभोन कन्वेले ४७ रन बनाए । शिबम दुबेले अविजित ३२, अजिंक्या रहानेले २७, ओपनर ऋतुराज गायकवाडले २६, अम्बाती रायुडूले १९ र रविन्द्र जडेजाले अविजित १५ रन बनाए । बलिङमा गुजरातका मोहित शर्माले तीन विकेट लिए भने नुर अहमदले दुई विकेट झारे ।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय १४ रन बनाएको थियो ।
गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ९६ रनको सानदार इनिङ्स खेले । ऋद्धिमान शाहले ५४, शुभमन गिलले ३९ र कप्तान हार्दिक पाण्डेयले अविजित २१ रन बनाउनुभयो ।
बलिङमा चेन्नईका मथिसा पाथिरानाले दुई तथा दीपक चाहर र रविन्द्र जडेजाले एक एक विकेट लिए । लिग चरणमा गुजरातले शीर्ष र चेन्नईले दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए ।
पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरात दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा पुगेको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलोपटकल अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रवार...
नेपालगन्ज - नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष...
काठमाडौँ - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै...
काठमाडौँ - अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो । यस खेलमा घाइते भएपछि लियोनेल...
काठमाडौं - फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ । घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि 'न्युट्रल भेन्यू'...