अठार वर्षीय बन्दुकधारीले युवकले सोमबार यहाँस्तित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् ।
गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख गरेको छ। गोली हान्ने ती युवकलाई प्रहरीले गोली हानी मारेको छ ।
अल जजीराका अनुसार न्यु मेक्सिकोको फार्मिङ्टनको आवासीय क्षेत्रमा सोमबार गोली हानाहान गर्ने किशोर बन्दुकधारीले दुई प्रहरीसहित धेरै व्यक्ति घाइते भएको प्रहरीले बताएको छ।
सो घटनाबाट अन्य थुप्रै नागरिक पीडित भएको फार्मिंग्टन प्रहरीले फेसबुक मार्फत जानकारी दिदै एकजना संदिग्धलाई घटनास्थलमै गोली हानी मारेको बताएको छ । यसैबीच फार्मिङ्टनमा भएको गोलीकाण्डपछि शहरभरका विद्यालयहरू बन्द गरिएको प्रहरीले जनाएको छ।
बिहान ११ बजे गोली चलेको खबर आएपछि आसपासका विद्यालयमा विद्यार्थिहरूलाई विद्यालयमै सुरक्षित राखिएको थियो । शहरको प्रहरी विभागले फेसबुक पोस्टमा भनेको छ( कम्तिमा तीन जना सर्वसाधारणको हत्या भएको थियो र संदिग्धलाई मारिएको छ ।
घाइतेहरूको सान जुआन क्षेत्रीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।प्रहरीले मारिएका र घाइते भएकाहरूको नाम सार्वजनिक गरेको छैन । घटना बारे विस्तृत विवरण पनि सार्वजनिक गरिएको छैन। गम्भीर अनुसन्धान भइरहेको मात्र उल्लेख गरुएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ। कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ। यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि...
अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ । तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई...
भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने...
ताप्लेजुङ - पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना...
अमेरिकासँग बदला लिन चीनले अमेरिकामा दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएपछि चीनले यो जवाफी कदम चालेको हो । तर,...