ताजा

  • सोमबार, २९ बैशाख, २०८२
  • ०७:०१:१०
  • नेपालीको अभिमत

स्वास्थ्य

आज र भोलि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

नेपालमत

बुधबार, ६ बैशाख, २०८०

काठमाडौं- सरकारले आज र भोलि देशभरीका पाँच वर्ष मुनिका बालबालिकालाई  भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।

बालबालिकाहरूलाई वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।

मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरेको छ । आज खान छुटेकाहरुलाई भोलि वैशाख ७ गते खुवाउन सकिन्छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved