• शनिबार, १५ बैशाख, २०८१
  • ०२:१७:२८
  • नेपालीको अभिमत

कारोबार

आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

नेपालमत

मंगलबार, १४ चैत, २०७९

काठमाडौं- आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । अब उक्त बैठक चैत १६ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

चैत १४ गते मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यो बैठकबाट कांग्रेसले सरकारमा मन्त्रीको रुपमा सहभागी हुनेहरुको नाम टुंगो लगाउने छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारीमा छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved