मध्य कोलम्बियाको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै अन्य १० जना फसेको कुन्डिनामार्सा क्षेत्रका गभर्नरले बुधबार बताउनुभएको छ ।
गभर्नर निकोलस गार्सियाले ब्लु रेडियोलाई बताएअनुसार एक कामदारको उपकरण पत्थरमा ठोकिएर निस्केको झिल्कोले खानीमा चुहावट भएको ग्यास टिपेपछि खानीमा विस्फोट भएको हो ।
अग्निनियन्त्रक र उद्धारकर्मीहरू खानीको प्रवेशद्वारमा उद्धारका लागि पुगेको स्थानीय सञ्चारमाध्यमका तस्बिरहरूमा देखाइएको छ भने मृतक श्रमिकका केही नातेदारहरू आफ्ना प्रियजनहरूको बारेमा जानकारीको पर्खाइमा बसिरहेका छन् ।
गार्सियाका अनुसार श्रमिकहरू नौ सय मिटर ९दुई हजार नौ सय ५० फिट० जमिनमुनि फसेकोले खोजीमा खटिएका एक सयभन्दा बढी उद्धारकर्तालाई उनीहरूसम्म पुग्न कठिन भएको थियो ।
उहाँले भन्नुभयो, “खानीमा विस्फोटपछि चाँडै नै अक्सिजन कम हुने भएकोले उनीहरूलाई जीवितै उद्धार गर्न असम्भव भएको हो ।”
तेल र कोइला कोलम्बियाको मुख्य निर्यात हो भने खानीमा हुने विस्फोट र दुर्घटनाहरू बारम्बार हुने गर्छन् ।
गत अगष्टमा मध्य कुन्डिनामार्सा क्षेत्रमा रहेको अवैध कोइला खानीबाट नौ जना मजदुरलाई उद्धार गरिएको थियो ।
सन् २०२१ मा, चौथो ठूलो ल्याटिन अमेरिकी अर्थव्यवस्थामा खानीका घटनामा एक सय ४८ जनाको मृत्यु भएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ। कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ। यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि...
अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ । तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई...
भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने...
ताप्लेजुङ - पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना...
अमेरिकासँग बदला लिन चीनले अमेरिकामा दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएपछि चीनले यो जवाफी कदम चालेको हो । तर,...