• बिहीबार, १६ चैत, २०७९
  • २१:१९:३६
  • नेपालीको अभिमत

आहा नेपाल

एक हजार किलोमिटर हिँडेर २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनीमा

नेपालमत

मंगलबार, ३० फाल्गुण, २०७९

लुम्बिनी- दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्किएका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् ।

उक्त समूहलाई आज लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका बीच स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्गसहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आउनुभएका हुन् । 

्कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीलाई रुपन्देही निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदलयात्रीलाई बुद्धजन्मस्थलमा खादा ओढाएर स्वागत गर्नुभयो । 

्कोरियाली बौद्ध तीर्थयात्रीको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए । पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको उपस्थिति रहेको छ । प्रार्थना र पूजामा प्रतिनिधिसभा सदस्य घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्थल लुम्बिनी आएका बौद्ध भिक्षुसहितको टोलीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले यस्ता भ्रमणले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

घिमिरेले नेपाल र दक्षिण कोरियाबीच धार्मिक रुपमा मात्रै नभई रोजगारीका हिसाबले पनि सम्बन्ध जोडिएको उल्लेख गर्नुभयो । नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरुसहितका तीर्थयात्रीलाई बुद्धजन्मस्थल मायोदवी प्राङ्गणमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताउनुभयो । 

कोषका उपाध्यक्ष त्रिपाठीले फागुन महिना भगवान् गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको महिना भएको बताउँदै यही महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किमिको दुरी पूरा गरी कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीका लागि खुसीको क्षण रहेको बताउनुभयो । उहाँले अग्रज भिक्षुसहितको तीर्थयात्रीको लुम्बिनी आगमनले दक्षिण कोरियासँग नेपालको आध्यमिक सम्बन्ध अझै मजबुद भएको बताउनुभयो । उहाँले दक्षिण कोरियाबाट उच्च तहका भिक्षुसहितको बौद्ध तीर्थयात्रीको लुम्बिनी भ्रमणले विश्वमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । 

दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयअन्तर्गत दर्ता बौद्धसंस्थाले दुई सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणीसहित बौद्ध तीर्थयात्रीलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो । भारतस्थित बोधगया, शारनाथ, कुसिनगर हुँदै पैदलयात्री लुम्बिनी आइपुगेका हुन् । मायादेवी मन्दिरभित्र रहेको बुद्ध जन्मस्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी पोखरी, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु छासुङ्गले प्रवचन दिनुभयो ।  

उक्त अवसरम लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल लगायतको उपस्थिति थियो । फेब्रअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो । लुम्बिनीमा पछिल्लो समय बौद्ध देशबाट बौद्ध धर्मगुरु र तीर्थयात्रीको ठूलो–ठूलो समूह बुद्धजन्मस्थल लुम्बिनी आउनेक्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई ऊर्जा थपेको कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताउनुभयो । उहाँले चीनबाट पनि फेरि यस्तै ठूलो समूह लुम्बिनी आउने कार्यक्रम रहेको बताउनुभयो । 

टोलीमा दक्षिण कोरियाबाट त्यहाँको राष्ट्रिय सञ्चारमाध्यमको सहभागिता थियो । कोरियाली बौद्ध धर्माम्बलम्बीको टोली बुधबार बिहान करहवा नाका हुँदै भारततर्फ पैदल फर्कनेछ । तीर्थयात्रीलाई मङ्गलबार बिहान नेपाल भारत सीमा बेलहिया नाकामा पनि स्वागत गरिएको थियो । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, ३० फाल्गुण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    हराउँदै चैते दसैँको मौलिकता

    यो पैसो कैलेलाई, चैते दसैँलाई  त्यो पनि मागे दिन्न कसैलाई चैते दसैँ मेलाका लागि खर्च गर्न एक वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रुपमा छ यो...

  • नेपालमत

    फेवाताल किनारमा पुराना डुङ्गा : थपिँदै चुनौती, मासिँदै सुन्दरता

    फेवातालमा साइँली, डुङ्गा सलल सम्झनामा तिम्रो तस्बिर झलल .... स्वर : शिव परियार, सङ्गीत : रामचन्द्र काफ्ले, रचना : किरण घिमिरे ।  पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ फेवाताललाई । फेवाताललाई...

  • नेपालमत

    मधेशमा फागुपर्व, मिथिला मध्यमा परिक्रमा सम्पन्न

    जनकपुरधाम- मिथिला परिक्रमाअन्तर्गत आज श्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन् । पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा सुरूआत भई पूर्णिमाका दिन जनकपुरधामको...

  • नेपालमत

    पशुपतिनाथमा साढे चार लाख भक्तजनले गरे दर्शन

    काठमाडौं- महाशिरवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।   यस अवसरमा पशुपतिनाथका चार ढोका...

  • नेपालमत

    आज महाशिवरात्रि पर्व, यस्तो छ महत्व

    काठमाडौं- शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण...

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved