• शुक्रबार, १४ बैशाख, २०८१
  • १५:२०:१६
  • नेपालीको अभिमत

स्वास्थ्य

अम्साको पूर्व एशियाली मेडिकल विद्यार्थी सम्मेलन सम्पन्न

नेपालमत

बुधबार, १८ माघ, २०७९

काठमाडौं- एशियाली मेडिकल विद्यार्थी संघे (अम्सा)ले पूर्व एशियाली मेडिकल विद्यार्थी सम्मेलन आयोजना गरेको छ । 

माघ १३  देखि माघ १७ सम्म काठमाडौंमा आयोजना भएको उक्त कार्यक्रममा भारत, हङकङ, मलेसिया, सिङ्गपुर, थाइल्यान्ड, इन्डोनेशिया, टाइवान, जापान, फिलिपिन्स, कोरिया र नेपाल गरि ११ मुलुकका १३५ बिदेशी मेडिकल बिद्यार्थीहरुले आफ्नो आफ्नो देशको प्रतिनिधित्व गरेका छन् । 

सो कार्यक्रम सन् २०१८ मा पहिलो पटक नेपालमा  डा. सन्तोष उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो।  यस बर्षको विषय पहाड र मरुभूमि चिकित्सा (mountain and wilderness medicine) थियो।

पहिलो दिन शुभाराम्भ कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाअध्यक्ष श्री कृष्ण गिरि  लाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो।  अतिथिहरुमा अम्सा अन्तराष्ट्रीयका अध्यक्ष मिकेल आतिफ जाफिर आशुरा को  पनि सहभागिता थियो।  

दोस्रो दिन शैक्षिक दिन थियो वैज्ञानिक कागज, र वैज्ञानिक पोस्टर प्रतियोगिता यसै दिन संचालन गरियो। उक्त प्रतियोगितामा सातवटा उत्कृष्ट कागज र पोस्टर को बारेमा बिद्यार्थीहरुले प्रस्तुती दिएका थिए । निर्णायक मण्डलमा डा.महेश सिग्देल, डा.रन्जित शाह, डा. पलेशवान जोशी,डा. मोहन शर्मा, डा. सन्तोष बानिया थिए। एबउभच अन्तर्गत अम्सा थाइल्यान्ड  र उयकतभच अन्तर्गत अम्सा हंकग ले उपाधी जितेका थिए। 

सहभागी विद्यार्थीहरु तेस्रो दिन पार्क भिलेज रिसोर्ट देखि विपाशना केन्द्रसम्म हाइकिङ, काठमाडौ दरबार, पाटन दरबार, बौद्ध स्तुपा र स्वयम्भू घुमेका थिए ।

चौथो दिनमा सास्कृतिक बुथ राखिएको थियो। हरेक देशले आफ्नो भाषा, आफ्नो संस्कृति झल्काउने पोशाक र सामानहरु प्रदर्शन , साथै नृत्य, गायनका प्रतियोगीता भएको थियो । यसको साथै  फोटोग्राफी प्रतियोगिता पनि संचालन गरिएको थियो । फोटोग्राफी प्रतियोगिता टाइवानले जितेको छ।

पाँचौ दिनमा प्रमाणपत्र वितरणको कार्यक्रम रहेको थियो । 


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved