• बिहीबार, २६ माघ, २०७९
  • ०८:२३:१४
  • नेपालीको अभिमत

राजनीति

सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी

नेपालमत

मंगलबार, १३ मङ्सिर, २०७९

सुनसरी- सुनसरीको निर्वाचन क्षेत्र नं। ३ को प्रतिनिधि सभा सदस्यतर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

नेकपा (एमाले) तर्फको उम्मेदवार भगवती चौधरीले ४० हजार ७८८ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेंसका उम्मेदवार विजयकुमार गच्छदारले ३५ हजार ६०० मत ल्याउनुभयो ।

यसअघि २०७० र २०७४ सालको निर्वाचनमा नेता गच्छदार भगवती चौधरीलाई पराजित गर्दै विजयी हुनुभएको थियो । एमाले नेत्री चौधरीले तेस्रो प्रयासमा नेता गच्छदारलाई पराजित गर्न सफल हुनुभएको हो ।  

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, १३ मङ्सिर, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved