• शनिबार, १५ बैशाख, २०८१
  • १०:२४:३३
  • नेपालीको अभिमत

कारोबार

प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार बन्दिन : बाबुराम भट्टराई

नेपालमत

सोमबार, १७ असोज, २०७९

काठमाडौं पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गर्नु भएको छ । 

गोरखाका मतदातालाई धन्यवाद दिंदै उहाँले लेख्नुभएको छ , ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’

आफ्नो कार्यकालमा जिल्लाको दूरगामी विकास र सामाजिक पूर्वाधार बनेको उहाँले उल्लेख गर्नुभएको छ । डा. भट्टराई थप्नुहुन्छ , 'मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बॉकी छन्। बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।'

यसअघि उहाँले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गर्नु भएको थियो ।

उहाँले अगामी दिनमा निरन्तर खटिने पनि प्रतिबद्धता जनाउनु भएको छ ।उहाँले लेख्नुहुन्छ , 'चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर, सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।'

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved