• शुक्रबार, १४ बैशाख, २०८१
  • २१:५८:०१
  • नेपालीको अभिमत

मनोरञ्जन

फिल्म 'नालापानी'लाई सोलो रिलिजको वातावरण बनाउन माग

नेपालमत

शुक्रबार, १४ असोज, २०७९

काठमाडौं- दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंको कथा उल्लेख छ ।

यही दिन दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ पनि प्रदर्शनमा आउँदैछ । फिल्म ‘नालापानी’ले बिहीबार आयोजना गरेको ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशकसँगै फिल्मसँग सम्बन्धित संस्थाका प्रतिनिधिले फिल्मलाई सोलो रिलिज गर्न दिनुपर्ने माग राखे ।

निर्देशक अधिकारीले नौ वर्षको अध्ययन र अनुसन्धान गरेर फिल्म निर्माण गरेको खुलाउँदै फिल्मले नेपाली वीरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन उनले फिल्म सम्बद्ध संघ–संस्था तथा राज्यसँग अपिल गर्नुभयो । कार्तिक ४ लाई पहिलोपटक आफूले नै फिल्म रिलिज गर्ने मितीका रुपमा उल्लेख गरेको दाबी गर्दै ऐतिहासिक महत्वको फिल्मलाई सोलो रिलिज गर्ने अवसर नदिनु दुःखको कुरा भतएको बताउनु भयो ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्मलाई सोलो रिलिजको प्रबन्ध मिलाउन संघको तर्फबाट प्रयास भइरहेको बताउनु भयो । ‘नालापानीको युद्धमाथि फिल्म बनाउनु चानचुने कुरा होइन । यस्तो फिल्मको प्रदर्शनका लागि सबैले सहयोग गर्नुपर्छ’, उहाँले भन्नु भयो ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले ‘नालापानी’ले चलचित्र विकास बोर्डबाट विशेष सम्मान पाएकाले सोलो रिलिजको अवसर प्रदान गर्नु सबैको दायित्व रहेको बताउनु भयो । ‘यस्तो खालको फिल्म भविष्यमा बन्दै होला । इतिहासको विषयमा बनेको यो फिल्म बनाउने आँट गर्नु नै ठूलो कुरा हो । त्यसैले यो फिल्मलाई विशेष प्रदर्शनको व्यवस्था मिलाउनु पर्छ भन्ने लाग्छ,’ उहाँले भन्नु भयो  ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी र विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य

    काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...

  • नेपालमत

    चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

    काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।  निर्देशक...

  • नेपालमत

    अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

    बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...

  • नेपालमत

    ‘महाजात्रा’लाई देशभर उच्च शो

    काठमाडौँ  -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

  • नेपालमत

    ‘भागु’ राष्ट्रिय बाल नाटक मेलामा सर्वोत्कृष्ट घोषित

    काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved