• शनिबार, १५ बैशाख, २०८१
  • ०१:१३:०२
  • नेपालीको अभिमत

प्रविधि

असोज १ गते देखि एमडिएमएस प्रणालीमा दर्ता नभएका मोबाइल नचल्ने, आजसम्म स्वतः दर्ता हुने

नेपालमत

बिहीबार, ३० भदौ, २०७९

काठमाडौं- नेपाल दुरसञ्चार पाधिकरणले ३० भदौसम्म नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको जनाएको छ । 

३० भदौ पश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेटलाई अनिवार्य रुपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नु पर्ने अर्थात एमडिएमएसमा दर्ता नभएका मोबाइल सेटले काम गर्ने छैनन् ।  

यही कारण प्राधिकरणले ३० भदौ पछि खरिद गरेका मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (एमडिएमएसडटएनटीएडटजिओभीडटएनपी) मा दर्ता भए नभएको एकिन गर्न आग्रह गरेको छ । 

मोबाइल व्यापारीहरूलाई पनि मोबाइल आयत गर्दा प्राधिकरणको स्वीकृति लिन आग्रह गरेको छ ।  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved