• शुक्रबार, १४ बैशाख, २०८१
  • २०:२२:०२
  • नेपालीको अभिमत

प्रविधि

इमरान खान सवार विमान दुर्घटनाबाट जोगियो

एजेन्सी

आइतबार, २६ भदौ, २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार एक ¥यालीलाई सम्बोधन गर्न विशेष विमानबाट गुजरानवाला जाने क्रममा खान सवार विमान मध्य आकाशबाट फर्काएर आकस्मिक अवतरण गराइएको थियो । 

खराब मौसमका कारण खानको विमान उडेको केही समयपछि पुनः इस्लामावाद फर्किएको थियो । विमानमा प्राविधिक समस्या देखिएको डेली पाकिस्तानले जनाएको छ । तर, विमानमा प्राविधिक त्रुटि देखिएको भन्ने विवरण गलत भएको पीटीआई नेता खानले बताएका छन् । 

उक्त पत्रिकाका अनुसार विमान चालकले कन्ट्रोल टावरमा सम्पर्क गरेपछि सुरक्षित ढंगले विमान अवतरण गरेका थिए । आकस्मिक अवतरणपछि खान आफ्नो पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएका थिए ।

गुजरानवालाको ¥यालीमा बोल्दै अध्यक्ष खानले वर्तमान सरकारका कारण देशको अर्थतन्त्र खस्किएको आरोप लगाए । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved