• शुक्रबार, १४ बैशाख, २०८१
  • १६:४४:०८
  • नेपालीको अभिमत

स्वास्थ्य

फेरि सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

नेपालमत

बुधबार, २५ श्रावण, २०७९

काठमाडौं - प्राध्यापक डा. गोविन्द केसीले मापदण्ड नपुगेका नर्सिङ कलेजले विद्यार्थी भर्ना खुलाए सत्याग्रह थाल्ने चेतावनी दिनुभएको थियो । 

डा. केसीले प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेलसहित संसद्मा रहेका सत्तापक्ष र प्रतिपक्षका दललाई एक सय बेडको आफ्नै अस्पताल नभएका नर्सिङ कलेजमा विद्यार्थी भर्ना लिइए फेरि अनसन थाल्ने चेतावनी दिनुभएको हो । 

'चिकित्सा शिक्षा ऐनमा संशोधन गरेर मापदण्डै नपुगेका नर्सिङ कलेजहरूमा भर्ना खुलाउन प्रयास गरेको भन्ने समाचारहरू आइरहेका छन्,' बुधबार एक विज्ञप्तिमार्फत उहाँले भन्नुभएको छ, 'स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा शिक्षा नदिई प्रमाणपत्रको मात्र किनबेच गराइरहेका माफियाहरूको व्यापारिक स्वार्थअनुसार त्यस्तो कदम अघि बढेकोमा कुनै शंका छैन, त्यसैले त्यस्तो कुनै पनि कदम हामीलाई स्वीकार्य छैन ।'

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved