• शनिबार, १५ बैशाख, २०८१
  • ०४:१८:०३
  • नेपालीको अभिमत

समाचार / मौसम

आगो ताप्ने क्रममा जलेर वृद्धाको  मृत्यु

नेपालमत

बिहीबार, ६ माघ, २०७८

सर्लाही- सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको गोडैता नगरपालिकामा आगो ताप्ने क्रममा जलेर  वडा नम्बर ११ सिसौटिया की ७५ वर्षीया देवकली देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएरपछि गम्भीर घाइते भएकी उहाँको उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पछिल्लो समयमा चराई मधेशमा चिसो छल्न गाउँघरमा आगो बालेर ताप्ने क्रम बढेको छ ।


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved