• शुक्रबार, १४ बैशाख, २०८१
  • २२:२०:०७
  • नेपालीको अभिमत

कारोबार

वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्छ-महामन्त्री थापा 

नेपालमत

बिहीबार, ६ माघ, २०७८

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधानअनुसार वैशाखमै स्थानीय तहको निर्वाचन हुनु पर्ने बताउनु भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् केही बेरअघि धारणा सार्वजनिक गर्नुहुँदै महामन्त्री थापाले जनप्रतिनिधिको रिक्तता संविधानमा कल्पना नगरिएको उल्लेख गर्दै स्थानीय तह रिक्त हुने निर्णय गरिएमा त्यो असंवैधानिक हुने स्पष्ट पार्नु भएको छ ।

महामन्त्री थापाले संविधानको रक्षाका लागि लडेको र संविधानको रक्षाकै लागि निर्मित गठवन्धनले चलाएको अहिलेको सरकारले गर्ने हरेक निर्णय संवैधानिक हुनुपर्ने बताउनु भएको छ ।

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न माघ पहिलो साताभित्र मिति घोषणा गर्नु पर्ने निर्वाचन आयोगको सुझाबबारे सरकारले निर्णय गरिसकेको छैन ।

आगामी जेठ ५ गते स्थानीय तहको निर्वाचनको ५ वर्ष पूरा हुँदैछ ।

संविधानमा स्थानीय तहको रिक्तताको कल्पना गरिएको छैन ।

यद्यपि, सत्ता गठवन्धनमा वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने कि वैशाखमा संसदीय निर्वाचन गरेर कार्तिक मंसिरमा स्थानीय निर्वाचन गर्ने भन्नेबारे छलफल चलिरहेको छ ।

सरकारले समयमै निर्वाचन गर्न नखोजेको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगाइरहेको छ ।

यसै पेरिफेरिमा महामन्त्री थापाले बिहीबार ट्वीटमार्फत् लेख्नु भएको छ,–‘असंवैधानिक कदम विरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ भन्नेमा काँग्रेस प्रष्ट छ ।’


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved