• शनिबार, १५ बैशाख, २०८१
  • ०९:२४:५१
  • नेपालीको अभिमत

समाचार / विविध

कर्मचारीलाई कोरोना,मालपोतद्धारा सेवा बन्द

नेपालमत

बिहीबार, ६ माघ, २०७८

झापा- कर्मचारीलाई कोरोना संक्रमण भएपछि भूमिसुधार तथा मालपोत कार्यालय झापाले एक साताका लागि सेवा बन्द गरेको छ ।

कार्यालयका निमित्त प्रमुख दिपेन्द्र खत्रीले एक सूचना जारी गरी बिहीबारदेखि माघ १२ गतेसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको जानकारी दिनुभएको छ ।

सेवाग्राही, कर्मचारी, लेखापढी व्यवसायी र अन्य सरोकारवालाको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनीकरणका लागि कार्यालय बन्द गर्नुपरेको सूचनामा जनाइएको छ ।

मालपोत कार्यालयका केही कर्मचारीमा कोरोना पुष्टि भएको र सबै कर्मचारीलाई कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको निमित्त कार्यालय प्रमुख खत्रीले बताउनु भयो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved