• शुक्रबार, १४ बैशाख, २०८१
  • १५:२६:२२
  • नेपालीको अभिमत

बाहिरको नेपाल

लेवनानमा नेपाली सेनालाई उत्कृष्ट सेवा वापत सम्मान

नेपालमत

सोमबार, २६ पौष, २०७८

लेवनान - लेवनानमा युनिफिल मिशन अन्तर्गत अत्यन्त संवेदनशील ईलाकामा खटिएको नेपाली सेनाको बर्द बहादुर गणलाई उत्कृष्ट सेवा पुर्याएकाे भन्दै सम्मानित गरिएको छ ।

गत वर्षको माघ महिनाबाट तैनाथ नेपाली सेनाको बर्द बहादुर गणले अपरेशनल, बन्दोबस्ती तथा सैनिक नागरिक सम्बन्धमा पुर्‍याएको योगदानको कदर गर्दै यस्तो सम्मान गरिएको हो । युनिफिल मिशन प्रमुख तथा फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कलले गत विहीबार हेडक्वाटर नाकुरामा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त गणका गणपतिलाई उत्कृष्टताको प्रतीक तथा प्रशंसापत्र प्रदान गर्नुभएको गणले जनाएको छ ।

विभिन्‍न नगरपालिकाहरुमा वृक्षारोपण, ऐतिहासिक किल्लाहरुको सरसफाई, डेण्टल अभियान, विद्यालयहरुमा स्टेशनरी वितरण, महिला स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रम तथा स्थानीय तहका विभिन्‍न निकायहरुमा उत्कृष्ट सम्बन्ध कायम गरेको भन्दै उक्त गणलाई फोर्स हेडक्वाटरबाट उत्कृष्टताको प्रतीक तथा प्रशंसापत्र प्रदान गरिएको हाे ।

शक्ति राष्ट्रहरुको चलखेलको शिकार, आर्थिक नाकाबन्दी, राजनैतिक अस्थिरता तथा अन्तराष्ट्रिय सीमा विवादका विच कठिन अवस्थामा गुज्रिरहेको लेबनानमा उक्त मिशन अन्तर्गत १० राष्ट्रका सैनिक गणहरु मध्ये उत्कृष्ट गणलाई यसरी उत्कृष्टताको प्रशंसापत्र प्रदान गरिन्छ । गत जेष्ठ महिनामा समेत उक्त गणले मिशन ईलाकामा अन्य १० राष्ट्रका गणहरुलाई पछि पार्दै वार्षिक वातावरणीय अवार्ड प्राप्त गरेको थियो ।

उक्त गणले मिशन ईलाकामा खटिनासाथ कोभिड १९ को चरम मार खेपिरहेको आफ्नो जिम्मेवारी क्षेत्रमा कोभिड किट वितरण गरी स्थानीय पदाधिकारी तथा जनताको मन जित्‍न सफल भएको थियो । 

त्यसै गरी उक्त गणले स्थानीय व्लिदा नगरपालिकामा नेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा “कृषि पोखरी तथा सार्वजनिक बगैचा” निर्माण गरी यही बुधबार युनिफिल मिशन प्रमुख तथा फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कलको प्रमुख आतिथ्यमा उक्त नगरपालिकालाई हस्तान्तरण हुन लागेको समेत गणले प्रेस नोट मार्फत जनाएको छ ।

यसरी गणले करीब १३ महिनाको मिशन अवधिभर अपरेशनल, आन्तरिक व्यवस्थापन, सैनिक नागरिक सम्बन्धमा उत्कृष्ट कार्य गरी प्राप्त भएको उत्कृष्टताको प्रतीक तथा प्रशंसापत्रले गणका सकलदर्जाको मनोबल उच्च भएको गणको भनाई छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अस्ट्रेलियामा फैलदै नेपाली व्यवसायीको 'डोको'

    अस्ट्रेलियामा नेपाली समाज बढे सँगै व्यवसायिक क्षेत्रमा पनि नेपालीहरुको प्रभाव चुलिन थालेको छ । कुनै जमाना थियो जतिबेला, अस्ट्रेलियामा नेपालीले नेपालीलाई भेट्न गाह्रो हुन्थ्यो ।  तर,...

  • नेपालमत

    इन्डोनेशिया जाँदा स्टिकर भिषा अनिवार्य

    काठमाडौं - नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती...

  • नेपालमत

    वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

    नवलपरासी- बर्दघाट सुस्तापूर्व नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान...

  • नेपालमत

    पोर्चुगलमा सुतेकै ठाँउमा मृत भेटीए गणेशमान

    काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै...

  • नेपालमत

    आइएफआरसीको महासचिवमा पुनः चापागाईं

    काठमाडौं- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ ।...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved