• शनिबार, १५ बैशाख, २०८१
  • ०३:३८:१८
  • नेपालीको अभिमत

प्रविधि

६ देशका ३५ सय ट्विट अकाउन्ट बन्द

नेपालमत

शुक्रबार, १७ मङ्सिर, २०७८

एजेन्सी– सामाजिक सञ्जाल ट्विटरले  ६ देशका विभिन्न संघ–संस्थाको अकाउन्ट हटाएको छ । ट्विटरले  सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले ती देशहरुको अकाउन्ट हटाएको हो । 

ट्विटरले एक प्रेस विज्ञप्ति जारि गर्दै चीनको अल्पसंख्यक मुस्लिम समुदाय  उइगुरलाई होच्याउने लगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएको बताएको छ ।

यस्तै चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट, मेक्सिकोका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट, अफ्रिकाका २६८ अकाउन्ट , युगान्डामा ४१८ ट्विटर अकाउन्ट बन्द गरेको छ । 

चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना विचार व्यक्त गर्न बेइजिङले यी दुबै सामाजिक सञ्जाल प्रयोग गर्दै अ‍ाएको छ ।  बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्विटरले सिन्जियाङको क्षेत्रीय सरकारसँग जोडिएको च्याङगु कल्चर कम्पनीका ११२ अकाउन्ट बन्द गरिदिएको छ । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, १७ मङ्सिर, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved