• शनिबार, १५ बैशाख, २०८१
  • ११:०५:३१
  • नेपालीको अभिमत

कारोबार

काँग्रेस प्रदेश तहको अधिवेशन २ दिन पछि सारियो  

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

काठमाडौं- नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत् प्रदेश तहको अधिवेशन २ दिन पछि सारेको छ ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र निर्वाचन समितिबीच सोमबार भएको छलफलपछि प्रदेश तहको अधिवेशन २ दिन पछाडी सारिएको हो ।

काँग्रेसको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मंसिर १८ र १९ गते प्रदेश तहको अधिवेशन हुने जानकारी दिनु भयो ।

यसअघि १६ र १७ मंसिरमा प्रदेश तहको अधिवेशन हुने तालिका थियो ।

काँग्रेसले १४ औँ महाधिवेशन आगामी मंसिर २४–२६ सम्म काठमाडौंमा गर्दैछ । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved