• शुक्रबार, १४ बैशाख, २०८१
  • १२:३२:३५
  • नेपालीको अभिमत

कारोबार

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना निर्विरोध निर्वाचित

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

काठमाडौं – नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनुभएको छ  । उहाँहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । वरिष्ठ उपध्यक्षमा अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुनुभएको हो  । 

महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको हो  । त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् । 

अध्यक्ष पदमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । केपी ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि निर्वाचनमा जानुपर्ने भएको छ । त्यसैगरी ओलीद्वारा प्रस्तावित सात सचिवसँगै भीम आचार्य र टंक कार्कीको समेत उम्मेदवारी परेपछि सचिवमा समेत चुनाव हुने भएको हो । 

केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार समावेसी क्लस्टरका केन्द्रीय सदस्यहरुमा उम्मेदवारी परेकाले केन्द्रीय सदस्यमा समेत मतदान हुने सम्भावना छ । ‘कति उम्मेदवारी पर्यो भन्ने हामी हिसाब गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved