• शनिबार, १५ बैशाख, २०८१
  • ०७:२३:५७
  • नेपालीको अभिमत

बाहिरको नेपाल

एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते

नेपालमत

आइतबार, १२ मङ्सिर, २०७८

एजेन्सी– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । 

भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ ।  यसअघि पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो । 

सङ्घभित्र विवाद बढ्दै गई सरकारविरुद्ध मुद्दा मामिला गर्न लागिएको बारे पनि भेलामा छलफल गरिने जनाइएको छ । राष्ट्रिय समन्वय परिषद् (एनसिसी) अमेरिकाका अध्यक्ष तथा एनसिसीहरुको पहिलो विश्व भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई दसौँ महाधिवेशन गर्ने अधिकार दिएकामा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे भेलामा छलफल गरिने बताउनुभयो । 

पञ्जीकृत सदस्यहरुले बुझाएको शुल्क खर्च गरेर सरकारविरुद्ध मुद्दा मामिला गर्नु एनआरएनए जस्तो सामाजिक संस्थालाई सुहाउने काम नभएको उहाँले बताउनुभयो । यसअघि पहिलो विश्व भेलाको निष्कर्ष बेलायत भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुझाइएको थियो । 

यसैबीच गैरआवासीय सङ्घ जापानका पूर्वसल्लाहकार तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा बलराम श्रेष्ठले परराष्ट्र मन्त्रालयको पछिल्लो पटक दिएको निर्देशनलाई गैरआवासीय नेपालीको एकता र सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अस्ट्रेलियामा फैलदै नेपाली व्यवसायीको 'डोको'

    अस्ट्रेलियामा नेपाली समाज बढे सँगै व्यवसायिक क्षेत्रमा पनि नेपालीहरुको प्रभाव चुलिन थालेको छ । कुनै जमाना थियो जतिबेला, अस्ट्रेलियामा नेपालीले नेपालीलाई भेट्न गाह्रो हुन्थ्यो ।  तर,...

  • नेपालमत

    इन्डोनेशिया जाँदा स्टिकर भिषा अनिवार्य

    काठमाडौं - नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती...

  • नेपालमत

    वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

    नवलपरासी- बर्दघाट सुस्तापूर्व नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान...

  • नेपालमत

    पोर्चुगलमा सुतेकै ठाँउमा मृत भेटीए गणेशमान

    काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै...

  • नेपालमत

    आइएफआरसीको महासचिवमा पुनः चापागाईं

    काठमाडौं- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ ।...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved