• शनिबार, १५ बैशाख, २०८१
  • ०६:१४:५१
  • नेपालीको अभिमत

समाचार / विविध

उपचार खर्च अभावमा अस्पतालकाे तीन तलाबाट हामफालेका युवाको मृत्यु

नेपालमत

शनिबार, ११ मङ्सिर, २०७८

विराटनगर - उपचार खर्च अभावमा अस्पतालकाे तीन तलाबाट हामफालेका युवाको मृत्यु भएको छ।

मोरङको धनपालथान गाउँपालिका-१ का ३५ वर्षीय शिवकुमार मण्डलले विराटनगरको एक अस्पतालको तीन तलाबाट शुक्रबार बिहान हामफालेकाे र पछि मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मण्डललाई उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गोल्डेन अस्पतालले तीन दिनदेखि घर जान दिएको थिएन। उपचारमा लागेको खर्च तिर्न नसकेका कारण घर जान नपाएका बिरामीले अस्पतालबाट हाम्फालेको खुलेकाे प्रहरीले बताएकाे छ ।

मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो। अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। छारे रोग र मानसिक समस्या भएपछि मण्डललाई उपचारका लागि मंसिर ३ गते अस्पताल ल्याइएको थियो।

अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिए पनि उपचारबापतको २१ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन्। मृतकका आफन्त श्रीराम कामतले उपचारमा लागेको रकम नतिरेसम्म बिरामीलाई लैजान नदिने भनेर अस्पतालले राखेको बताउनु भयाे ।

उपचार खर्चकाे ३८ हजार रूपैयाँ २१ हजार रूपैयाँ तिर्न नसकेका कारण मण्डललाई अस्पतालले घर जान राेकेकाे र अस्पतालमा कुरुवा बसेकी सासू शौचालय गएका बेला मण्डलले हामफालेकाे प्रहरीले जनाएकाे छ ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved