• शनिबार, १५ बैशाख, २०८१
  • ०१:००:२९
  • नेपालीको अभिमत

मनोरञ्जन / साहित्य

कविता : आक्रोश

रबि शिखा

शनिबार, ११ मङ्सिर, २०७८

समयको अँध्यारो डिलमा उभिएर

नियाल्दैछु आफैंलाई

जिन्दगीका निरस अनि

बेस्वादिला क्षणहरू मस्तिष्कभरि

फन्को मारेर जान्छन्

म चुपचाप हेरिरहेछु

मान्छेहरूको हाँसो नक्कल गरेर हाँसिरहेछु

उनीहरूको खुशीमा ताली पड्काइरहेछु

उनीहरूका सफलताका डोबहरू नियालिरहेछु

म भेट्दिनँ मेरा लागि कुनै स्थान

हुलका हुल सपना दङ्गा मच्चाउँदैछन् हृदयमा

कमजोर धरातल भएको मन

काँपिरहेछ यसै

मलाई सफलतादेखि घृणा लाग्छ ।

महोदय !

सफल भएर मेरो अघिल्तिरबाट नहिंड

मेरा यी हातहरू चिथोर्न सक्छन् तिम्लाई

मलाई विश्वास छ

तिमी मलाई कायरताको उपमा दिन्छौ

एक स्वार्थीको उपमा दिन्छौ

म तयार छु ग्रहण गर्न

तर त्यो उपमा दिनुअघि

मेरो हृदय पढेर जाऊ

जहाँ भेट्ने छौ

संघर्षले कुटिएका आशाहरू अनि

अरूको भन्दा फरक विचार

तिमी अचम्ममा नपर्नु

शून्यतामा नघोत्लिनु

किनकि यो समाजका पैतालाहरूले दबाएको छ मलाई

म सपनाको भारीले यति थिचिएको छु कि

मानौं अब ढाड कुप्रिएर हिंड्नै सक्दिनँ

फेरि पनि,

आजभोलि धेरै सोच्न थालेको छु

लाग्छ म सोचेरै दिन काटूँ

म यति सोच्न चाहन्छु कि

म सोच्दासोच्दै पागल भएर के सोचिरहेको थिएँ

त्यो नै बिर्सिन सकूँ !

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य

    काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...

  • नेपालमत

    चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

    काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।  निर्देशक...

  • नेपालमत

    अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

    बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...

  • नेपालमत

    ‘महाजात्रा’लाई देशभर उच्च शो

    काठमाडौँ  -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

  • नेपालमत

    ‘भागु’ राष्ट्रिय बाल नाटक मेलामा सर्वोत्कृष्ट घोषित

    काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved