• शुक्रबार, १४ बैशाख, २०८१
  • ०६:२१:०३
  • नेपालीको अभिमत

मनोरञ्जन / संगीत

दशैँ आएको आभाष दिलाउने १० गीत

नेपालमत

शुक्रबार, २९ असोज, २०७८

काठमाडौं – नेपालीहरुको महान चाड दशैंका अबसरमा कैयौं गीत बनेका छन् । पछिल्लो समय त हरेक वर्ष दर्जनौं गीत आउने गरेका छन् । तर, केहि गीत यस्ता बनेका छन् जस्ले सदाबहार लोकप्रियताको स्वाद अरु गीतले भन्दा निकै बढि दिन सफल भएका छन् ।

गीत सुन्दा साँच्चै दशैँ आएको भान गराउने १० पुराना नेपाली गीतहरु यस्ता छन् ।

१. दशैँ आयो :  “बर्ष र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो, नेपाली जनको महान पर्व आँगनमा आई पुग्यो” चलचित्र मुग्लानमा समावेश गरिएको यो गीतले बर्षै पिच्छे दशैँ आएको आभाष दिलाउने गर्दछ । लोकनाथ सापकोटाको शब्द रहेको यस गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । गीतमा उदीत नारायण, दीपा नारायण, नारायण लामा र जुना प्रसाइँको आवाज रहेको छ । यो हरेक बर्ष सर्वाधिक बज्ने गीतमा पर्छ ।

 

२. रातो टिका निधारमा : “रातो टिका निधारमा टलक्कै टल्कियो” यो गीतलाई पनि दशैँमा धेरै सुन्ने बजाउने गरिन्छ । अल्लारे चलचित्रमा समावेश रहेको यस गीतलाई अहिले “फिल्म रातो टिका निधारमा”को टाइटल गीतको रुपमा रिमेक गरेर राखिएको छ । पुरानो गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको आवाज रहेको छ भने रिमेकमा प्रमोद खरेल र मेलिना राईको आवाज रहेको छ । गीतमा सहदेव ढुङ्गानाको शब्द रहेको छ भने शम्भुजीत बास्कोटाको संगीत रहेको छ ।

 

३. रातो टिका दशैँको जमरा : दशैँमा सर्वाधिक बज्ने/सुनिने अर्को गीतमा मन मन्दिर फिल्ममा समावेश रहेको रातो टिका दशैँको जमरा बोलको गीत रहेको छ । शम्भुजीत बास्कोटा र साधना सरगमको आवाज रहेको गीतमा शम्भुजीत बास्कोटाकै संगीत रहेको छ । फिल्ममा राजेश हमाल, निरुता सिंह लगायतको अभिनय रहेको छ ।

 

४. बर्षमा दिनमा : “बर्षमा दिनमा लै लै हर्षका दिन यी लै लै दशैँ तिहार चाड र बाड खुशीले सारा भर्यो नि संसार”  गायक सुगम पोख्रेलको आवाजमा सजिएको यो गीत नसुन्ने कमै होलान् । विषेशत दशैं तिहारमा यो गीतले ठूलो स्थान पाउने गरेको छ । यो गीत पनि दशैँ तिहारमा सर्वाधिक सुनिन्छ । रवि श्रेष्ठको शब्द रहेको यस गीतमा सुगम पोख्रेलकै संगीत रहेको छ ।

 

५. गुँड सम्झी फिरे चरी : “गुँड सम्झी फिरे चरी खुशी छायो गाउँ भरि दशैँ आयो” यो गीत पनि दशैँमा धेरै बज्ने/सुनिने गीतमा पर्दछ । राजेश पायल राई र मनीषा पोखरेलको आवाज रहेको यस गीतमा प्रल्हादभक्त संग्रौलाको संगीत रहेको छ ।

 

६. दशैँ आयो फर्कियो लाहुरे : “दशैँ आयो फर्कियो लाहुरे गाँउ घरको मायालाई सम्झेर, खुशी हुँदै हाँसेकी आमा आँगनीको डिलैमा बसेर” । गायक सुनिल गिरीको आवाज रहेको गीतमा गिरीकै शब्द संगीत रहेको छ । यो पनि दशैँ तिहारमा सर्वाधिक सुनिने गीतमा रहेको छ । गीतमा मौलिक पनलाई समेटिएको छ ।

 

७. दशैँ नै होकि : “दशैँ नै होकि यो मेरो दशा फर्कि आएको” गायक योगेश्वर अमात्यको आवाज रहेको यो गीत पनि दशैँमा धेरै बज्ने/सुनिने गीतमा पर्दछ । प्रेमबहादुर बस्न्यात को शब्द सृजना रहेको यस गीतमा न्ह्यू बजा्रचार्यको संगीत रहेको छ ।

 

८. एपिएफ दशैँ गीत, धानकै बाला : “बर्षमा दिनको यो बडा दशैँ कमेरो लाइएन, देश र जनता भन्दामा भन्दै घर जान पाइएन” सशस्त्र प्रहरी बल (एपिएफ)को यो गीत पनि दशैँमा अत्यधिक गुञ्जिने गरेको छ । जयनन्द लामाको धानकै बाला झुलौला गीतलाई एपिएफ टिमले दशैँको गीतमा परिमार्जित गरेको हो । गीतमा दिपक कोइराला लगायत एपिएफ टिमको प्रस्तुती रहेको छ ।

 

९. बाटो हेरे हुन्छ है घरमा : “बाटो हेरे हुन्छ है घरमा यसपालीको दशैँ र तिहारमा” यो गीत पनि दशैँमा अत्यधिक सुनिने गीतमा पर्छ । परदेश गएका यूवा दशैँ तिहारमा घर आउने भएपछि परिवारमा छाएको खुसियालीलाइ गीतमार्फत् देखाउन खोजिएको छ । रेशम सापकोटा र विष्णु माझीको आवाज रहेको गीतमा रेशम सापकोटाको शब्द संगीत रहेको छ ।

 

१०. नमुछे आमा दहीमा टिका : “नमुछे आमा दहीमा टिका नछरे जमरा, दैवले पर्दा उठायो आमा आउँदिन फर्केर” यो गीत पनि दशैँ तिहारमा सर्वाधिक सुनिने गीत हो । परदेशमा रहेको छोराले आफ्नी आमालाई चाडवाडमा सम्झँदै म फर्किन्न भन्ने भावना समेटिएको गीतलाई नारायण रायमाझीेले गाउनुभएको छ भने शब्द संगीत पनि रायमाझीकै रहेको छ ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य

    काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...

  • नेपालमत

    चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

    काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।  निर्देशक...

  • नेपालमत

    अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

    बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...

  • नेपालमत

    ‘महाजात्रा’लाई देशभर उच्च शो

    काठमाडौँ  -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

  • नेपालमत

    ‘भागु’ राष्ट्रिय बाल नाटक मेलामा सर्वोत्कृष्ट घोषित

    काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved