• सोमबार, १ कार्तिक, २०७८
  • १२:४२:२१

दुई छोटा कविता

आरुका फूलहरू र जीवन

यी आरुका फूलहरू

मलाई जीवनको

क्षणिकताको बोध गराउँछन्

छोटो...

तर

सुन्दर

त्यसैले

धेरै ढिलो हुनुभन्दा अघि नै

जीवनलाई बाँचेर हेर

जीवनलाई माया गरेर हेर ।

***

यायावर

हिँड्दा हिँड्दै एकदिन

धेरै टाढा जानेछु साथी

जहाँ एकान्त पलहरूमा

चिसो हावा

मुटुसँग कुरा गर्न आइपुग्छ

जहाँ सेता बादलका टुक्राहरू

निर्झर झरनाको संगीतसँगै

आफैंलाई हराइदिन्छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।