• शुक्रबार, १४ बैशाख, २०८१
  • ०८:५०:१३
  • नेपालीको अभिमत

प्रविधि

विश्वभर ६ घण्टा फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम अवरुद्धपछि पुनः सञ्चालन

नेपालमत

मंगलबार, १९ असोज, २०७८

काठमाडौं–गएराती विश्वभर ६ घण्टा फेसबुक लगायत तीनवटा एप अवरुद्धपछि पुन सञ्चालनमा आएका छन् । विश्वभर सोमबार राती ९ वजेदेखि फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम डाउन भएर सञ्चालनमा आएकाे थियाे । 

फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागि परेकाे जनाएको छ । अबरोध हुँदा अर्बौँ प्रयोगकर्ता मारमा परेका थिए । आफ्ना सेवाले शत प्रतिशत काम गर्न भने केही समय लाग्ने फेसबुकका प्रमुख प्रविधि अधिकारीहरुले जनाएका छन् । 

नेटवर्किङसम्बन्धी समस्या हुँदा यी सेवा वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् । अवरोध भएपछि फेसबुकले क्षमा पनि मागेको थियो । मार्क जुकरबर्गले स्थापना गरेको फेसबुकमा किन समस्या आयो र कहिलेबाट यसको सेवा सुचारु हुन्छ भन्ने केही खुलाइएको छैन । सर्भिस डाउन हुनेबित्तिकै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान हुने जनाएको थियो । 

नेटवर्क समस्या समाधान गर्न र डिजिटल मञ्चलाई पूर्ववत अवस्थामा फर्काउन आफ्ना प्राविधिज्ञले सक्दो छिटो काम गरेको फेसबुकले जनाएको छ । नेटवर्कमा कसरी समस्या आयो भन्ने वारेमा फेसबुकले अनुसन्धान गरिरहेको छ। यसअघि सन् २०१९ मा पनि फेसबुकमा अवरोध भएको थियो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved