ताजा

  • शुक्रबार, १९ बैशाख, २०८२
  • ०९:३७:१७
  • नेपालीको अभिमत

कारोबार

केपी ओलीको राष्ट्रवाद नकाबमात्र हो, चाँडै उत्रन्छ – रामकुमारी झाँक्री

नेपालमत

बुधबार, ३० भदौ, २०७८

सल्यान- नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओली नक्कली राष्ट्रवादी भएको टिप्पणी गर्नु भएको छ ।

बुधबार सल्यानको सल्लीबजारमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुँदै नेतृ  झाँक्रीले केपी ओलीले कुरा राष्ट्रवादको गर्ने र काम आफ्नो व्यक्तिगत स्वार्थसिद्धिको गर्ने गरेको आरोप लगाउनु भयो ।

उहाँले ओलीको नक्कली राष्ट्रवाद धेरै दिन नटिक्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,–‘खड्गप्रसाद ओली बाहिरी रुपमा जति राष्ट्रियताको पक्षमा देखिएको पनि त्यो उनको वाहिरी आवरणमात्र हो, नकाबमात्र हो, त्यो छिट्टै पूरै उत्रन्छ ।’

केपी ओली पार्टी र मुलुकको हितमा भन्दा पनि आफ्नो निहित स्वार्थ परिपूर्ति गर्ने उद्देश्यले अघि बढ्दा माधव नेपाल र झलनाथ खनालहरु आफैंले जन्माएको हुर्काएको पार्टी छाड्न बाध्य हुनु परेको बताउनु भयो ।

धेरै लामो संघर्षबाट प्राप्त उपलब्धिको रुपमा रहेको संविधान नै सिध्याउने तरिकाले अघि बढे पछि आफूहरु विद्रोह गर्न बाध्य भएको नेतृ झाँक्रीको तर्क थियो ।

जनआन्दोलन भइरहँदा बयलगाडा चढेर अमेरिका पुग्न सकिदैन भन्ने ओलीले अहिले बाध्यताले स्वीकार गरे पनि गणतन्त्रलाई असफल बनाउन उद्दत रहेको उहाँको भनाई छ ।

कार्यक्रममा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले एमाले पार्टीमा भस्मासुर प्रविधिले गर्दा समस्या आएको बताउनु भयो ।

आफूहरु एमालेमात्र नभई कम्युनिष्ट एकताको ध्येय लिएर हिंडेको तर केपी ओली भित्रको अहंकार र मैमत्त भावनाले एमाले पनि सग्लो रहन नसकेको नेता ज्वालाको भनाई थियो । 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved