• शुक्रबार, १४ बैशाख, २०८१
  • १४:००:१२
  • नेपालीको अभिमत

राजनीति

सीजी कम्युनिकेसन्सद्वारा सस्तोदरमा इन्टरनेट सेवा सुरु

नेपालमत

मंगलबार, १८ जेठ, २०७८

काठमाडौं - सीजी कम्युनिकेसन्सले काठमाडौं उपत्यकामा सस्तोदरमा इन्टरनेट सेवा सुरु गरेको छ ।

आजदेखि कम्पनीले ‘सीजी नेट’ काे सेवा नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ल्याएको हो ।

१२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने सीजी कम्युनिकेसन्सले जनाएकोछ ।

शुरुवातमा कम्पनीको सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको सेवाको फाइदा उठाउन सक्नेछन् ।

उपभोक्ताकेन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ ।

सीजी नेट सम्बन्धि सम्पूर्ण जानकारी  www.cgnet.com.np मा उपलब्ध छ । एक बर्ष भित्र देशभर ‘सीजी नेट’ विस्तार गर्ने कम्पनीले जनाएको छ  । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved