• शनिबार, १५ बैशाख, २०८१
  • १५:४४:५२
  • नेपालीको अभिमत

राजनीति

‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन गर्न काँग्रेसको जिल्लाव्यापी प्रशिक्षण

नेपालमत

सोमबार, २८ फाल्गुण, २०८०

नेपालगञ्ज - नेपाली कांग्रेस बाँकेले जिल्लाका आठै पालिकामा प्रशिक्षण कार्यक्रम चलाएको छ । 

नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि सुरु भएको एक दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा सम्पन्न भएको छ ।

पहिलो चरणमा गाउँ केन्द्रित प्रशिक्षण अभियान सञ्चालन गरिसकेको कांग्रेस बाँकेले शुक्रबारदेखि दोस्रो चरणको प्रशिक्षण कार्यक्रम पालिका स्तरमा सुरु गरेको हो । यसअघि गत असोजमा बाँकेका ८१ वटै वडाका सभापतिलाई प्रशिक्षण दिइएको थियो ।

‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन तथा जनसरोकारका सवालमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप प्रशिक्षण कार्यक्रम गरिएको कांग्रेस बाँकेका कार्यवाहक सभापति एवम् प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीले बताए । उनले तल्लो तहसम्म पार्टीको वैचारिक धारलाई सशक्त बनाउँदै संगठनलाई मजबुत बनाउन प्रशिक्षण कार्यक्रम संचालन गरिएको बताए । 

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले लोकतन्त्र, स्वतन्त्रता र सामाजिक न्यायको लडाइँमा कांग्रेसको सुनौलो इतिहास, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधि शर्माले नेपाली कांग्रेस, प्रजातन्त्र र समाजवाद तथा प्रशिक्षक तिर्थ पौडेलेले जनसरोकारका सवाल, पार्टी संगठन, विकास, योजना, सञ्चार र कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिइरहेको अधिकारीले जानकारी दिए ।

अन्य पालिकाहरुमा पनि लगातार प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापा मगरले जानकारी दिइन् । थापाका अनुसार सोमबार खजुरा र मंगलबार बैजनाथमा प्रशिक्षण कार्यक्रम तय भएको छ । प्रशिक्षण कार्यक्रममा पालिका र वडा तहका विभिन्न पदाधिकारीहरुको सहभागी छ । प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको छ । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

सोमबार, २८ फाल्गुण, २०८०

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved