• शनिबार, १५ बैशाख, २०८१
  • १२:००:४१
  • नेपालीको अभिमत

राजनीति

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पद निर्वाचन आयोगद्धारा खारेज

नेपालमत

बिहीबार, २४ फाल्गुण, २०८०

काठमाडौं – निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा अमान्य गरिदिएको छ । 

गत पुस २७ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्तिको महाधिवेनबाट अध्यक्ष बने पछि उन्मुक्तिले पार्टीको अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो। तर आयोगले अध्यक्षमा चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको हो।

महाधिवेशनअघि रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्तिको अध्यक्ष थिइन्। राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार अध्यक्षमा चौधरीको नाम अद्यावधिक हुन नसक्ने निर्वाचन आयोगको भनाइ छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विधिसम्मत नभएकोले चौधरीलाई नागरिक उन्मुक्तिको अध्यक्षको मान्यता दिन नसकिएको बताएका छन्।

उनका अनुसार श्रेष्ठलाई नै नागरिक उन्मुक्तिको अध्यक्ष कायम गरिएको छ। 

२०६२ जेठ ७ गतेको टीकापुर घटनामा योजनाकार भन्दै जन्मकैदको सजाय पाएका चौधरीलाई गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाह भएको थियो। टिकापुर घटनामा ८ जना प्रहरीसहित एक बालकको मृत्यु भएको थियो। 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, २४ फाल्गुण, २०८०

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved