अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ ।
शनिबार राति ८ बजे लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भएको बेला गोली प्रहार भएको हो ।
गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको छ । यद्यपि कति जना घाइते भए भन्नेबारे यकिन नभएको प्रहरीले जनाएको छ ।मृतकको पहिचान पनि भइसकेको छैन ।
साथै मृतकको संख्या विभिन्न मिडियाले फरक फरक सूचना दिएका छन् । सीएनएनले १० जनाको मृत्यु भएको जनाएको छ भने बीबीसीले ९ जना मारिएको उल्लेख गरेको छ ।
तर गोली प्रहार गर्ने व्यक्ति पुरुष भएको हुनसक्ने स्थानीय अधिकारिहरूको आशंका छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गर्दै दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन्। टर्की र उत्तरी सिरियामा गरी...
टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघेको छ। टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या ६ हजार २३४ रहेको छ। सिरियामा...
सोमवार गएका दुई ठूला भूकम्पपछि दक्षिणी टर्की र उत्तरी सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या करिब ८ हजार पुगेको छ हालसम्म ७ हजार ८०० जनाको मृत्यु पुष्टि भइसकेको...
टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका...
टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र सयौं परकम्पनका कारण मर्नेको सङ्ख्या चार हजार तीनसय पुगेको छ । विभिन्न मिडियाहरूले बिहानको ९ बजेको स्थानीय समयअनुसार पछिल्लो...