• शुक्रबार, १४ बैशाख, २०८१
  • ०६:२८:३३
  • नेपालीको अभिमत

राजनीति

६ सय रुपौयाँले घट्यो सुनको भाउ

नेपालमत

सोमबार, ५ मङ्सिर, २०७९

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । 

गत शुक्रबार ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । यस्तै तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ। 

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८० रुपैयाँमा किनबेच भएको थियो। 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved