• शुक्रबार, १४ बैशाख, २०८१
  • १५:१४:३७
  • नेपालीको अभिमत

समय

क्यानडाका दुई प्रान्तमा डढेलो, आपत्काल घोषणा

एजेन्सी

बुधबार, २५ श्रावण, २०७९

जलवायु परिवर्तनका कारण गर्मीको चर्को तापक्रमले पृथ्वीमा विनाश गरिरहेको छ । यसको पछिल्लो उदाहरण क्यानडाका दुई प्रान्त बनेका छन् । रिपोर्टअनुसार क्यानाडाको पूर्वी प्रान्त न्युफाउन्डल्याण्ड एन्ड ल्याब्राडोरको जंगलमा विगत दुई सातादेखि डढेलो लागिरहेको छ ।

उक्त प्रान्तका प्रधानमन्त्री एन्ड्र्यु फ्युरेले आपत्कालीन अवस्था जारी गरेका छन् ।  ‘पछिल्लो ३६ घण्टामा परिवर्तन भएका छन् । हामीले यसलाई व्यवस्थापन गर्न सक्छौं भन्ने भविष्यवाणी गरेका थियौँ ।  यद्यपि, हावाको परिवर्तनसँगै धुवाँको प्रभाव देखिने त्रास छ’,  एन्ड्र्यु फ्युरेले एक विज्ञप्तिमा भनेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुईवटा छुट्टाछुट्टै जंगलमा लागेको आगलागीबाट कतिपय क्षेत्र ध्वस्त भएको छ । डढेलो न्युफाउन्डल्याण्डमा १२ हजार ३५५ एकड र प्याराडाइज लेकमा १६ हजार ६२ एकड भूभागको जंगल नष्ट गरेको छ ।

यस क्षेत्रमा फैलिएको ठूलो धुवाँले आगो निभाउने प्रयासलाई थप जटिल बनाइरहेको  बताइएको छ ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved