• शुक्रबार, १४ बैशाख, २०८१
  • ०५:५८:२२
  • नेपालीको अभिमत

राजनीति

११ महिनामा नेपालीले खाए ६ अर्ब ६५ करोडको स्याउ

नेपालमत

सोमबार, १३ असार, २०७९

काठमाडौं-  चालु आर्थिक बर्षको पहिलो ११ महिनामा १६ अर्ब २१ करोड बराबरको फलफूल आयात भएको छ । 

भन्सार विभागका अनुसार सबैभन्दा धेरै स्याउ भित्रिरुएको छ । 

विभागका अनुसार चालू आवको जेठ मसान्तसम्म रु छ अर्ब ६५ करोड ११ लाख ९९ हजार मूल्य बराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । 

त्यसबाट सरकारले रु ६३ करोड ५८ लाख ७८ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ । 

स्याउ चीनबाट सबैभन्दा धेरै भित्रिएको तथ्याङ्कमा उल्लेख छ । चीनबाट मात्र रु पाँच अर्ब ४८ करोड ८० लाख १७ हजार बराबरको स्याउ आयात भएको छ । 

त्यस्तै भारतबाट रु एक अर्ब १५ करोड ५९ लाख ८३ हजार, अमेरिकाबाट रु ४४ लाख १३ हजार, टर्कीबाट रु २६ लाख २५ हजार र गिनी बिसाउबाट रु एक लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरणमा उल्लेख छ । 

यस्तै चालु आवको जेठ मसान्तसम्म रु दुई अर्ब १९ करोड ५३ लाख ३५ हजारको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु ११ करोड ११ लाख ७४ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ । 

यस्तै  दुई अर्ब १९ करोडको अंगुर, एक अर्ब ५७ करोड ४७ लाखको केरा, एक अर्ब २४ करोडको सुन्तला,  एक अर्ब नौ करोडको अनार, २३ करोड ४० लाखको मेवा, १५ करोड आठ लाखको नास्पाती, १२ करोड चार लाखको भुँइकटहर, ७१ करोड ७५ लाखको अम्बा र आँप आयात भएको छ । 

यस्तै ६ करोड ९१ लाखको एभोकाडो, ६ करोड २२ लाखको किवी, तीन करोड ८७ लाखको लिचि नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved