नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग घनश्याम भुसालले पौंठेजोरी खोजेको धेरै भइसक्यो । देश दुनियाँले चिनेका ओलीलाई घनश्याम भुसालले नचिन्नुभएको होइन । भुसालको प्रतिक्रिया, विरोध, आलोचना वा सुझावले ओलीको व्यवहारमा कुनै बदलाव ल्याउने छैन । तर, यसले भुसाल स्वयंलाई भने राजनीतिको परिदृश्यमा छाइरहन सहयोग मिल्नेछ ।
केपी ओली समय हेरी आफ्ना विरोधीलाई ठेगान लगाउन फरक फरक रणनीति अपनाउनुहुन्छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा भएको वेला भुसाल शक्तिशाली हुनुहुन्थ्यो । त्यो समयमा पनि भुसालले ओलीको कुनै न कुनै रूपमा विरोध गरि नै रहनुभयो । उहाँ सरकारको विरोधमा बढी हुनुहुन्थ्यो । त्यो समय सरकारको विरोध गर्नु भनेको त्यसको नेतृत्वकर्ता ओलीको विरोध गर्नु हो । जुन कुरा ओलीलाई रुचिकर हुने कुरै भएन । यही विरोधको उपहार स्वरुप ओलीले भुसाललाई कृषि तथा पशुपक्षी विकास मन्त्री बनाइदिनुभयो । भुसालले पनि अरू मन्त्रीले जस्तै रासायनिक मलको व्यवस्था गर्न सक्नु भएन । मन्त्रालयको काममा पनि तात्त्विक भिन्नता आएन । मन्त्रीको रूपमा उहाँको प्रदर्शन अन्य झैं कमजोर वा औसत नै रह्यो भन्न सकिन्छ ।
हाम्रो सरकारी संयन्त्र वा प्रणाली नै यस्तो छ कि, यहाँ व्यक्ति विशेषले ठूलो परिवर्तन ल्याउन सक्दैन । यसबारे ओली जानिफकार नै हुनुहुन्थ्यो । यस अर्थमा भुसाललाई मन्त्री बनाउनु उहाँलाई कमजोर बनाउने ओलीको रणनीतिको रूपमा व्याख्या गर्न सकिन्छ ।
हाम्रो सरकारी संयन्त्र वा प्रणाली नै यस्तो छ कि, यहाँ व्यक्ति विशेषले ठूलो परिवर्तन ल्याउन सक्दैन । यसबारे ओली जानिफकार नै हुनुहुन्थ्यो । यस अर्थमा भुसाललाई मन्त्री बनाउनु उहाँलाई कमजोर बनाउने ओलीको रणनीतिको रूपमा व्याख्या गर्न सकिन्छ । आज पनि भुसाल ओलीको लागि प्रतिपक्षी हुनुहुन्छ । तर, हिजोको जस्तो शक्तिशाली होइन । त्यसैले आजकल ओलीले भुसालको कुरा सुन्न आवश्यक ठान्नु हुन्न ।
अदालतको आदेशपछि नेकपा खारेज भएर पुनः एमाले र माओवादी केन्द्र अस्तित्वमा आए । तर, दुवै पार्टी सग्लो भने रहन सकेनन् । माओवादी केन्द्रका केही नेता ओलीको पछि लागे भने एमालेमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले एमालेबाट बाहिरिएर नेकपा (एकीकृत समाजवादी) गठन गरे । ओली विरुद्धको नेतालाई निरन्तर साथ दिएको भए भुसाल अहिले माधवकुमार नेपालको पार्टीमा हुनुहुन्थ्यो तर उहाँ असहमतिको बाबजुद पार्टी फुट्नुहुन्न भन्ने निष्कर्षमा पुग्नुभयो । यही कारण भीम रावल, घनश्याम भुसाल र अन्य नेताहरू एमालेमै रहनुभयो । एमालेमा द्वन्द्व चर्किएको वेला उहाँहरूले नेता नेपाल र खनाललाई साथ दिए पनि विभाजनको वेला भने साथ दिनुभएन ।
विभाजनको वेला एमालेमै रहेका माधव पक्षधर नेताहरूको बोली पनि फेरिन थाल्यो । उनीहरू ओलीको बोलीमा लोली मिलाउन थाले । कतिपय नेता ओलीको पक्षमा उभिँदा राजनीतिक नैतिकता र संस्कारको पनि हेक्का राखेनन् । यसले गर्दा उनीहरूलाई महाधिवेशनमा ओलीबाट पद बक्स भयो । तर, भीम रावल र घनश्याम भुसाल भने ओलीको निगाहबाट पद लिन तयार हुनु भएन । प्रतिस्पर्धाबाट नै पदीय हैसियत हासिल गर्ने कोशिश गनुभयो । उहाँहरूको उद्देश्यले लोकतान्त्रिक अभ्यासलाई जीवन्त बनायो । एमालेमा ओलीराज चलेको वेला ओलीको विरुद्ध विजय हासिल हुँदैन भन्ने त निश्चित नै थियो । परिणामतः रावल र भुसाल महाधिवेशनमा पराजित हुनुभयो ।
महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका भीम रावल निकै चर्चामा हुनुहुन्थ्यो त्यतिखेर । राष्ट्रियताको मुद्दामा उफ्रिने रावल अहिले भने चुपचाप हुनुहुन्छ । ओलीको विरुद्धमा केही बोल्नुभएको छैन । सार्वजनिक मञ्चमा पनि खासै देखिनुभएको छैन ।
तर भुसालले भने पार्टीभित्रको सदाबहार प्रतिपक्षीको छवि कायम राख्नुभएको छ । पछिल्लो समय; संसद् अवरुद्ध गर्ने चाहना सिंगो एमालेको नभएर ओलीको मात्र थियो भनिदिनुभयो । यसले ओली र ओली खेमाका नेतालाई आक्रोशित बनाएको छ । भुसालमाथि कारवाही गर्न अनुशासन आयोगले सिफारिस गरेको छ ।
घनश्यामको पक्षमा मुखरित हुने भनेको योगेश भट्टराई मात्र हुनुहुन्छ । हिजो घनश्यामसँगै एमाले एकढिक्का राख्नुपर्छ भन्नेहरू बोलेका छैनन् । उनीहरू कमजोर घनश्यामको पक्ष लिएर शक्तिशाली ओलीबाट दण्डित हुन चाहँदैनन् ।
घनश्यामलाई कारवाही गर्नुहुन्न भनेर खुल्नेहरू एमालेमा अहिले धेरै कम छन् । घनश्यामको पक्षमा मुखरित हुने भनेको योगेश भट्टराई मात्र हुनुहुन्छ । हिजो घनश्यामसँगै एमाले एकढिक्का राख्नुपर्छ भन्नेहरू बोलेका छैनन् । उनीहरू कमजोर घनश्यामको पक्ष लिएर शक्तिशाली ओलीबाट दण्डित हुन चाहँदैनन् ।
ओलीको विरुद्धमा जाने वा पक्षमा ? यसले एमालेभित्र अन्य नेताको उद्देश्य र भविष्यलाई प्रभाव पार्न सक्छ । यही कारण, कतिपय नेताले चाहेर पनि बोल्न सकेका छैनन् । तर, भुसालले भने ओलीको विरुद्ध बोल्दै आउनु भएको छ । भुसालको छवि आफैंमा साम, दाम, दण्ड, भेदको राजनीतिभन्दा अलि फरक छ । त्यो अर्थमा उहाँ ओलीको स्वेच्छाचारी कदमलाई साथ दिन सक्नु हुन्न । साथै; ओलीसँग झुकेर भन्दा लडेरै राजनीतिक उचाइ लिन सक्नु हुन्छ । एमालेभित्र बौद्धिक नेताको रूपमा चिनिन्छन् उहाँ । बौद्धिकता भनेको हर समय विवेकको प्रयोग गर्नु र सत्यको पक्षमा उभिनु पनि हो ।
भुसाललाई कारवाही गर्नुपर्छ भन्ने मत एमालेमा बलियो देखिन्छ । तर स्थानीय तहको निर्वाचनमा पहिलो स्थान गुमाएको एमालेले भुसाललाई कारवाही गर्नु भनेको पार्टीलाई थप कमजोर बनाउनु हो । शायद, ओलीले एमालेलाई थप कमजोर बनाउने भुल गर्नुहुने छैन ।
भुसालको आलोचनाले ओलीलाई केही फरक पर्नेवाला छैन । आलोचना वा सुझाव ग्रहण गर्ने नेतामा पर्नुहुन्न ओली । तसर्थ भुसालको विमतिले ओलीको व्यवहारमा कुनै सुधार आउँदैन । यद्यपि; प्रश्न उठाइराखे भुसालको विगतको छवि भने यथावत् रहन्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ- “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ रु ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र रु ३० अर्ब लगानी थपियो ।...
काठमाडौँ- समय नपत्याउँदो तरिकाले बितिरहेको छ । तर वर्तमानले जबर्जस्त नयाँ सन्देश प्रवाह गर्न खोजिरहेको छ । नेपाली राजनीतिमा यो विशेष महत्वका रुपमा दर्ज हुदैछ...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ वैशाखमा काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै भन्नुभएको थियो, ‘‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ...
कर्णाली- हामी कस्तो न्याय प्रणालीबाट गुज्रिरहेका छौँ ? न्याय प्रणालीको सम्पादन कसरी हुन्छ ? त्यसका लागि अपनाउनुपर्ने प्रक्रिया के हो भन्ने कुरा धेरै नेपालीले बुझेका छैनन्...
काठमाडौं- नेपालमा छैटौँ सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे) केही दिनअघि मनाइयो । सरकारी निकाय र सूचना प्रविधिका क्षेत्रमा काम गर्र्ने विभिन्न निजी सङ्घसंस्थाले...