• शुक्रबार, १४ बैशाख, २०८१
  • २०:३४:०२
  • नेपालीको अभिमत

राजनीति

एकैदिन १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालमत

आइतबार, १ जेठ, २०७९

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

गत विहिबारको तुलनामा आज सुको मुल्य प्रतितोला १३०० रुपैयाँले घटेको हो ।

गत विहिबार प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य अज आज प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

 महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । गत विहिबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved