• शुक्रबार, १४ बैशाख, २०८१
  • १३:२३:१९
  • नेपालीको अभिमत

समय

संकटका बेला श्रीलंकाको प्रधानमन्त्रीमा छैटौं पटक रनिल विक्रमासिंघे नियुक्त

नेपालमत

बिहीबार, २९ बैशाख, २०७९

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनु भएको छ । सन् १९९३ देखि विक्रमासिंघे पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ । 

बिहीबार राष्ट्रपति गोटावाया राजापाक्षेले उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । 

श्रीलंङ्कामा देखिएको आर्थिक समस्याका कारण प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त हुनु भएको हो । 

७३ वर्षका विक्रमासिंघेले मुलुकमा देखिएको आर्थिक समस्या समाधान गर्ने र राजनीतिक अस्थिरता अन्त्य गर्ने जिम्मेवारी पाउनु भएको छ । उहाँले एक हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्नेछ ।  

पेशाले कानुन व्यवसायी रहेका विक्रमासिंघे ७० को दशकदेखि राजनीतिमा हुनुहुन्छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved