• शुक्रबार, १४ बैशाख, २०८१
  • १२:२३:५५
  • नेपालीको अभिमत

राजनीति

कोभिडका विरामीका लागि सहयोग गर्न हिमालयन बैंकले भेरी अस्पताललाई दियो एकलाख एकाउन्न हजार रुपियाँ

नेपालमत

शुक्रबार, ११ असार, २०७८

नेपालगंज - हिमालयन बैंक लिमिटेडको नेपालगंज शाखाले भेरी अस्पताललाई स्वास्थ्य सामग्री खरिदका लागि  एक लाख एकाउन्न हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।

कोभिड महामारी विरुद्वको लडाईमा बिरामीलाई आवश्यक पर्ने सामग्री किन्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यस्तो सहयोग गरिएको बैंकले जनाएको छ ।

सहयोग रकमको चेक हिमालयन बैंक लिमिटेड, नेपालगंज शाखाका प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले अस्पतालका निमित्त प्रमुख डा. खगेन्द्रजंग शाहलाई हस्तान्तरण गर्नु भएको थियो ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved