• शनिबार, १५ बैशाख, २०८१
  • ००:३०:५६
  • नेपालीको अभिमत

राजनीति

शेयर बजारमा ८० अंककाे पहिरो

नेपालमत

आइतबार, १२ मङ्सिर, २०७८

काठमाडौं– आइतबार शेयर बजारमा पहिरो गएको छ । नेप्से परिसूचक ८०.२९ अंकले घटेर २६५१.४९ विन्दुमा झरेको हो । 

यस्तै सेन्सेटिभ परिसूचक पनि १४.१९ अंकले घटेर ५०१.४५ विन्दुमा झरेको छ । कारोबारमा आएका कूल २३४ वटा कम्पनीको एक करोड १९ लाख ३ हजार २ सय २ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रूपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार हुने १३ वटै उपसमूह ओरालो लागेका छन् ।आइतबार म्युचुअल फण्डसहित जम्मा १० वटा कम्पनीको शेयरमूल्य बढेको छ । आज आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै ९।७७ प्रतिशतले बढेर ९ सय ३२ रूपैयाँ पुगेको छ । 

यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ करोड ८१ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।आज हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved