• शनिबार, १५ बैशाख, २०८१
  • १०:३२:०६
  • नेपालीको अभिमत

राजनीति

नेपाल वायुसेवा निगम ६० अर्ब ऋणमा, आवश्यकता भन्दा ६ सयबढी कर्मचारी         

नेपालमत

शुक्रबार, १८ भदौ, २०७८

काठमाडौं- सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई कसरी सञ्चालन गर्ने भन्नेबारे अध्ययन गर्न अर्थ मन्त्रालयले निगम नेतृत्वलाई सुझाव दिएको छ ।

शुक्रवार अर्थ मन्त्रालयमा आयोजित नेपाल वायु सेवा निगमका उच्च पदाधिकारीहरुसंगको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले निगमको दिगो र भरपर्दो सञ्चालन विधि तय गर्न सुझाव दिनु भयो ।

जारी कर्मचारी आन्दोलन सम्वोधन गर्दै दिगो भावी कार्यदिशा बनाउन पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव मन्त्री शर्माले दिनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले निगम सुधारको लागि राजनीतिक तहबाटै आवश्यक निर्णय लिनुपर्ने सुझाव दिनु भयो ।

छलफलमा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले राजनीतिक हस्तक्षेप, बढी कर्मचारी भर्ती र कमजोर कानूनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको बताउनुभयो ।

निगम हाल ५० अर्ब ऋण तथा ११ अर्ब संचित नोक्सानीमा रहेको छ । प्रवन्ध निर्देशक पौडेलले निगममा आवश्यकताभन्दा पाँच सयबढीे कर्मचारी रहेको बताउनुभयो ।

छलफलमा राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण, अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, अर्थ र पर्यटन मन्त्रालयका सहसचिवहरु सहभागी हुनुहुन्थ्यो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved