• शुक्रबार, ७ बैशाख, २०८१
  • १२:१४:२४
  • नेपालीको अभिमत

स्वास्थ्य

बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, २९ जना घाइते

नेपालमत

आइतबार, २८ फाल्गुण, २०७९

सिन्धुली- मध्ये पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाँउपालिका-४ कुईभिरमा आईतबार विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुगेको छ ।

दुर्घट्नामा परि २९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् ।

उनीहरुको घट्नास्थलमा नै मृत्यु भएको प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार ओखलढुङगा जिल्लाबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस उक्त ठाँउमा दुर्घट्ना भएको हो । 

मृतकको सनाखत गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो । बसमा चालक सहित ३५ जना सवार थिए । 

घाईतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेकाले उनीहरुलाई हेलिकोप्टर मार्फत काठमाडौं पठाउने तयारीमा छ । बाँकी घाईतेहरुको उद्धार गरि उपचारका लागि खुर्कोट अस्पताल पठाइएकोसमेत प्रहरी उपरिक्षक सिलवालले जानकारी दिनुभयो । 

यस्तै, बसको ब्रेक फेल भएर दुर्घट्ना भएको हुनसक्ने अनुमान गरिएको छ ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

आइतबार, २८ फाल्गुण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved