• शनिबार, ८ बैशाख, २०८१
  • १३:३१:२८
  • नेपालीको अभिमत

समय

चिन : तेस्रो कार्यकालका लागि सी चिनफिङ राष्ट्रपति निर्वाचित

एजेन्सी

शुक्रबार, २६ फाल्गुण, २०७९

जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव सी चिनफिङ निर्विरोध निर्वाचित हुनुभएको छ । यहाँ जारी राष्ट्रिय जनकङ्ग्रेसको १४ औँ महाधिवेशनले उहाँलाई राष्ट्रपतिमा सर्वसम्मतिले चयन गरेको हो । 

महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ । 

राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उहाँले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवम् प्रतिबद्धता दोहो¥याउनुभयो । 

त्यसैगरी, महाधिवेशनले हान झाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ । 

यसैबीच अमेरिकी समाचार समिति एशोशिएटेड प्रेसले गम्भीर आर्थिक चुनौतीका साथै अमेरिका र अन्यसँग बढ्दो तनावका बीचमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सी जनकङ्ग्रेसबाट अनुमोदित हुनुभएको टिप्पणी गरेको छ । उहाँले दुई हजार नौ सय ५२ मत प्राप्त गर्नुभएको तथा उहाँको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ । 

चिनियाँ नेताहरूले दशकमा एकपटक सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै ६९ वर्षीय सी गत अक्टोबरमा  तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सिपिसीको महासचिव बन्नुभएको हो ।  संविधानमा दुईपटकभन्दा बढी अवधि राष्ट्रपति बन्न नपाइने व्यवस्थालाई संशोधन गरेर उहाँ सत्तासिन हुनुभएको हो । 

गोप्यरुपमा भएको निर्वाचनमा उम्मेदवारको सूची सार्वजनिक भएको थिएन । सबै पदमा निर्विरोध भएको घोषणा गरिएको थियो । यद्यपि ग्रेट हलको विशाल सभागारमा मतपेटिका राखिएका थिए । 

एजेन्सी

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, २६ फाल्गुण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved