• बिहीबार, १३ बैशाख, २०८१
  • १३:५३:०४
  • नेपालीको अभिमत

समय

टर्की भूकम्पपीडितको उद्धारमा कठिनाइ, मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

एजेन्सी

सोमबार, २३ माघ, २०७९

टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पप गएछि  त्यसबाट मृत्यु हुनेको सङ्ख्या २ हजार भन्दा बढी पुगेको छ ।

टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा २ हजार व्यक्तिको मृत्यु भएको र सिरियामा थप ७८३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुवैतिरको हताहतीको संख्या २ हजार पुगेको बताइएको छ । 

यस्तै ९ हजार बढी घाइते भएका छन् । त्यस्तै  दुई हजार ८३४ भवनमा क्षति पुगेको विपद् व्यवस्थापन तथा इएमआरले जनाएको छ । त्यस्तै विपद् व्यवस्थापन प्राधिकरणले खोजी तथा उद्धार कार्य जारी रहेको पनि उल्लेख गरेको छ ।

 टर्किस रेड क्रिसेन्ट र एएफएडीबाट उद्धार टोलीहरू भूकम्पग्रस्त क्षेत्रमा पठाइएको थियो । प्राधिकरणले  नौ हजार ८९६ खोज एवं उद्धार कर्मचारी र २१६ सवारी साधन विपद् प्रभावित क्षेत्रहरूमा पठाइएको बताएको छ ।

टर्की सेनाले पनि इस्तानबुल, अङ्कारा र इज्मिर प्रान्तबाट १८ वटा विमानहरू सहित कर्मचारीहरू पठाएको सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ। यसै बीच टर्कीको रक्षा मन्त्रालयले खोज र उद्धार  कार्यलाई सक्षम र व्यवस्थित बनाउन विभिन्न स्थानमा हवाई करिडोर स्थापना गरेको छ ।

भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले हिमपहिरोका कारण खोज तथा उद्धार कार्यमा  कठिनाइ भएको बताइएको छ । मौसम सेवाले बिहीबारसम्म दक्षिणपूर्वी टर्कीमा वर्षा र हिमपातको पूर्वानुमान समेत गरेको छ।

 एनटीभी  प्रसारकले व्यापक हिउँ परेको कहरामनमारस प्रान्तमा उद्धार प्रयासहरू भइरहेको देखाएको छ जहाँ दुई बालबालिकालाई कङक्रीटको भग्नावशेषको ठूलो स्ल्याबबाट जिउँदै निकालिएको थियो।

भूकम्प प्रभावित क्षेत्रहरू छाड्न खोजिरहेका मानिसहरू ट्राफिक जामका कारण अलपत्र परेका छन् । टर्किएले भूकम्पपछि  स्तर(४ अलार्म जारी गर्दै अन्तरराष्ट्रिय सहायताको आह्वान पनि गरेको छ।
 
राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पपछि करिब ४५ देशबाट तुर्किएलाई सहयोगको प्रस्ताव आएको बताएका छन्।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved