तनहुँ- नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो ।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उहाँले बताउनुभयो ।
विसं २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया तीनजना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ मा पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाइ दिइएको छ ।
आरोपितमाथि तीन वटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुई वटा मुद्दामा पनि कसुर ठहर भएको छ भने सजाय निर्धारण भने बाँकी छ । आरोपित २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा छन् ।
विसं २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा १७ पटक पेशी चढेको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा...
काठमाडौं- जिल्ला अदालत काठमाडौँले ललिता निवासको जग्गा किर्ते प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको...